घरायसी लिखतको सम्बन्धमा
घरायसी लिखत तपाइले आफैंले घरमा तयार गरेपनि हुन्छ । तयार यसरि गर्नु कि स्थानिय निकायमा दर्ता गर्न लायकको होस । लिखत तयार गर्दा ती पुस्ते बाजे बुबा समेतको नाम लेख्ने । नागरिकता नम्बर राख्ने, ठेगाना पहिलाको अहिलेको स्पष्टरुपमा राख्ने, कागजको प्रयोजन के हो खुलाउने । रकम लिने दिने कोको हो स्पष्ट खुल्न परो । ब्याज लिने नलिने कुरा । म्याद कहिले रकम भुक्तान गर्ने हो सो । रकम नदिए के हुने भन्ने पनि खुलाउने । ब्याज १० प्रतिशत भन्दा बढि लिन पाइदैंन । कुन ठाउमा बसेर कागज गरेको हो त्यो पनि । साक्षि को नागरिकता नम्बर सहित राखेर कागज गर्ने । सहि र औठा छाप पनि अनिवार्य लगाउने । अब यस्ता साना कुराको लागि वकिल खोजिरहनु पर्दैन । वकिल भएपनि नभएपनि स्थानीय निकायमा दर्ता नभएको कागज काम लाग्दैन । २०७५ भदौ पछिका सबै कागज वडा कार्यालयमा दर्ता हुनै पर्छ । ५० हजार भन्दा मुनिका कागज नगरेपनि फरक पर्दैन । विस्वास को आधारमा कागज नगर्नु । गर्ने हो भने घाटा लागे लागोस भन्ने मनसायले गर्नुस । कागज पढ्नुस । राम्रो सग । १० चोटि पढ्नु । बाठो मान्छेले बाठो मान्छेको साहारामा कागज बनाउछ । जसले हामि कानून नजानेका लाइ ठिकै देखिएपनि कागजमा समस्या देखिन सक्छ । दावि गरेपछि ला कागज यस्तो बनाइएको रहेछ भन्ने पछुतो हुन्छ । बरु एकदिन ढिलाइ गर्नु । एउटा कागजले निकै लामो असर गर्छ । तसर्थ कागज बनाएर मात्र हुदैँन अनिवार्य दर्ता गराउनु भन्ने कानून छ । कागजमा मुद्दा गर्नु परे अदालतको शुल्क लाग्छ । यो पनि कानून अनुसारकै । तपाइ हामिले गरेका कामका कारण मुद्दा लाग्ने हुन्छ । तसर्थ कागजको सांगोपांगो नजानि कहिकतै हस्ताक्षर नगरेको राम्रो ।
Comments
Post a Comment