चुनाव र लक्ष्मणरेखा
By- Luma kanta Bhandari
स्थानिय सरकार अति नै महत्वपूर्ण र संवेदनशिल अंग ही कार्यपालीकाको । तसर्थ यसमा आउने सरकारप्रमुख वा जनप्रतिनिधि पनि उत्तिकै महत्वपूर्ण छन् । नागरीकको दैनिकीसँग प्रत्यक्ष सरोकार राख्ने र बिकास र्निमाणसंग पनि प्रत्यक्ष जोडिएको हुनाले यस्तो सरकार हाँकने व्यक्ती स्वच्छ, इमान्दार र क्षमतावान व्यक्ती छान्नु हामी सर्व नागरीकको हक र संवैधानिक कर्तव्य पनि हो । अझ राजनीतिक दलहरुले खासै महत्व नदिने पालीका उपप्रमुख वा उपाध्यक्ष पद ज्यादा महत्वपूर्ण यसकारण पनि छ कि संविधानले उनिहरुलाई न्यायीक जिम्मेवारी दिएको छ । तसर्थ एस्ता उम्मेदवार छान्दा भरपूर विवेक र विचार गर्नु आवश्यक छ ।
रामायणमा एउटा रोचक प्रसंग छ । राम वनवासम छंदा सितामैयाले सुनको मृगलाई आफ्नो बनाउने चक्करमा रामलाई सुनको मृग समात्न पठाउछिन भने रामले पनि लक्ष्मणलाई सिताको संरक्षणको जिम्मा लागाई आफू जंगल जान्छन् । तर त्यो मृग सुनको नभै मायाको रहेको र ऋषीले रामको जस्तै आवाज निकालेर भाइको नाम पुर्कादा लक्ष्मण चिन्तित भइ दाजु रामको खोजिमा जानुभन्दा अगाडी एउटा रेखा बनाउन भाउजुको रक्षार्थ निमीत्त र यसलाई उल्लंघन नर्गन अनुरोध गरेर दाइको खोजिमा निस्कन्छन् । पछि लक्ष्मणले सिताको रक्षार्थ बनाएको रेखालाई नै लक्ष्मणरेखा भनियो र त्यस लक्ष्मणरेखालाई नाघेको परिणामस्वरूप सिता अपहरण हुनुफ्यो भने सम्पूर्ण रामायण युद्धको कारण बन्यो ।
रामायणकालदेखीनै लक्ष्मणरेखालाई कुनै पनि कुराको परिधि वा सिमानाको रूपमा बुझन थालीयो । यस लेखमा लक्ष्मणरेखालाई चुनावसंग दाजेर हेनु चाहि चुनाव पनि हामी सबैको एउटा परिधि पा सिमाना को परिक्षा हो । जस्तै उम्मेदवारले आफ्नो काम वा भिजनको, जनताले आफ्नो अमुल्य स्वविवेकको, मिडियाले सहि सुचना प्रवाहको, सरकारले अभिभावकत्वको आदि आदि। त्यसक्रममा समाजका सबै पक्षसंग नैतीक र व्यवसायिक सिमा हुन्छ जुन सबैपक्षले इमान्दारीपूर्वक लागू गर्नुपर्ने हुन्छ, अन्यथा देशमा कानुनी राज्यको अन्त्य हुन्छ भने देशको भविष्यमा नकारात्मकता त आउछ नै ।
स्थानिय सरकार अति नै महत्वपूर्ण र संवेदनशिल अंग ही कार्यपालीकाको । तसर्थ यसमा आउने सरकारप्रमुख वा जनप्रतिनिधि पनि उत्तिकै महत्वपूर्ण छन् । नागरीकको दैनिकीसँग प्रत्यक्ष सरोकार राख्ने र बिकास र्निमाणसंग पनि प्रत्यक्ष जोडिएको हुनाले यस्तो सरकार हाँकने व्यक्ती स्वच्छ, इमान्दार र क्षमतावान व्यक्ती छान्नु हामी सर्व नागरीकको हक र संवैधानिक कर्तव्य पनि हो । अझ राजनीतिक दलहरुले खासै महत्व नदिने पालीका उपप्रमुख वा उपाध्यक्ष पद ज्यादा महत्वपूर्ण यसकारण पनि छ कि संविधानले उनिहरुलाई न्यायीक जिम्मेवारी दिएको छ । तसर्थ एस्ता उम्मेदवार छान्दा भरपूर विवेक र विचार गर्नु आवश्यक छ ।
हुनत हामी अधिकांश दलहरुको रैती बनिसकेका छौ । दलको चुनावचिन्हबाट सुंगुरको पाठो उम्मेदवार बने पनि जिताउन पछि पर्दैनौ हामी । हाम्रो यही खुबी भनौ वा कमजोरी, एसकै फाइदा लिरहेका हुन दलहरू । आफ्ना अमुक नातेदार जिताउन हिजो जसकै घाटी सुकुन्जेल चिच्याएर बिरोध गरेका थिए आज तिनै व्यक्ती समुहसँग मिलन जाँदासमेत हामी दासजसरी जिताइदिन्छौ, कहिल्यै विकेकको चिम्टीसमेत प्रयोग गरेनौ, न त कहिल्यै प्रश्न सोध्ने हिम्मत नै गयौ । हामीले मात्र त्यो गयौ जुन दलका नेताले अन्याए । हामीले एसलाई लक्ष्मणरेखा मानिसक्यौ जुन हत्तपत्त उल्लंघन गर्न चाहादैनौ / सक्दैनौ ।
कुनै अमुक दलका नेता आफूले करोडौ खर्च गरेर चुनाव जितेको खुल्लमखुल्ला उद्घोष गर्छन, निर्वाचन आयोग, सरकार र कानुन मुखर्दशक बन्छ। एउटा प्रदेश सभामुखले चुनावी आचारसंहिताको खिल्ली उडाउछन, सार्वजनीक पदमा आसिन व्यक्तिहरुनै कुनै दलको चुनावको लागी पोस्टरब्वाई बन्दछन । कानुन मुखदर्शक बन्दछ । हामी रमिते बन्दछौ ! तर अंह प्रश्न सोध्दैनौ न त विरोध नै गर्छौ । गर्छौं त केवल आफ्नो नेताको जयजयकार, देवत्वकरण आदि आदि । किनकी हामी विरोधको लक्ष्मणरेखा पार गर्न चाहदैनौ ।
त्यसो त हाम्रो प्रजातन्त्र चुनावबाट सुरु भएर चुनावमै समाप्त हुन्छ । अर्थात एकपटक आफ्नो प्रतिनिधि छानीसकेपछि राज्यसञ्चालनमा नागरीकको भूमिका अत्यन्तै न्यून हुन्छ । तसर्थ प्रत्ययक पाँच वर्षमा आफ्ना जनप्रतिनिधि छान्दा दलिय स्वार्थ, भावनात्मक र आर्थीक प्रलोभननमा नपरी राम्रो जनप्रतिनिधी छान्नुपर्दछ तथा नागरीकलाई सहि सुचना दिइ मिडिया र राज्यका अंग हरु नि:स्वार्थ सहयोग गर्नपर्दछ । परम्परागत पद्दती तोडेर नया पुस्तालाई सत्ताको बागडोर सुम्पनुर्पछ । अर्थात पुनश्च, सिताले झै एकपटक लक्ष्मणरेखा नाघ्नुपर्छ । समाजकारावणहरूलाइ फालेर रामराज्य स्थापना जो गर्नु छ ।

Comments
Post a Comment