नेपाली ब्यांगत्मक स्वस्थानी Part 2

कुमारजी आज्ञ गर्नुहुन्छ हे मुनि ! ध्यान दिएर सुन ! मर्त्यलोकको नेपाल राज्यमा काठमाण्डौ नाम गरेको सहर छ। त्यहाँ पहिले विभिन्न राजाहरूले राज्य गर्दै आएका थि ।तर केहि समय पछी राजा पनि आफ्नो राज रहेन भनि स- परिवार नागार्जुनको वनमा गै तपस्या गर्न लागे। तब ,जसरी रानो हराएको माहुरीको झुण्ड अन्धाधुन्ध हुन्छ,त्यसैगरी त्यो सिंगो देश नै अन्धाधुन्ध हुन लाग्यो। यहि मौका छोपी प्रचण्ड नाम गरेको दैत्यले आफ्ना दैत्य सेनालाई राजातिर देखाउँदै भन्यो- हेर, उ त्यो हिँडीरहेको देख्यौ ,त्यो पूर्वराजा हो । यहि मौकामा देशै कब्जा गरी बेच्न पाए हाम्रा पुस्तौँ पुस्ताले बसी बसी खान पाउने थिए । यति प्रचण्ड दैत्यले भनेको सुनी मोहन वैद्य , बाबुराम , बादल आदि गरिएका अरू दैत्य हरूले पनि लौ त,भलो भन्यौ " भनी संविधानसभा
नाम गरेको दरवारमा प्रवेश गर्दा भए। ति दैत्यहरु कस्ता भने रुप बदल्दै हिँड्ने,कहिले बहुलाएको स्याल जस्ता त कहिले ब्वाँसो जस्ता कहिले उद्दण्ड महिषासुर रुप धारण गरेर भयंकर बिध्वंस मच्चाउने त कहिले देवता को रुप धारण गरी देवीहरुको धर्म डगाउने र जनता लाई अनेक सास्ती दिने सोही सास्तीलाई जनताको माग भन्दै पटक पटक मुखौटो बदल्ने डब्लु डब्लु ई का रेस्लर जस्ता शरीर र स्वभाव भएका ,महा पातकी,पुर्खाहरुको गौरब लिलामी गर्न सिपालु, चतुर तर धूर्त स्वभाबका,सदैब विदेशी नेताको गुलामीमा तत्पर यस्ता किसिमका प्रचण्डादि दैत्यहरुको कुकर्म तथा कुरुपको वर्णन गर्न स्वयं शेष शारदाले त सकेनन् भने म बबुरोले के सकुँला हे मुनि ति उग्र स्वभाबका दैत्यहरुले जवर्जस्ती धाँदली गरेर पनि केहीसिटमात्र आफ्नो पक्षमा पार्न सफल भएपछि जड्याहा झैँ लाल लाल नेत्र पारी मुख मिठ्याउँदै सम्बिधान सभामा प्रवेश गरी दिव्य ६ वर्ष उल्फाको धन फुपुको सराद्दे भन्ने उखान सार्थक तुल्याउँदै रक्तबीज झैँ सन्तान बिस्तार गरी लुट्नु सम्म लुटे । यो अत्याचारले असह्य भएर एकदिन सभामुखले माननीय भन्दै सम्बिधान घोषणाको तयारीमा जोडदिन आदेश गिराउँदै जनताको रगत पसिनाले सराप्ने हुनाले अब जनतालाई पनि सम्विधान रुपी ललिपप दिनुपर्ने कुरा बताउँदा ति प्रचण्डादि रक्तपिपासु दैत्यहरुले रगत पिएर मातिएको बाघझैँ उग्र रुप लिएर आफ्नो यथार्थ चरित्र प्रदर्शन गरी आफ्ना हिंस्रक जंगली जनावरजस्ता दैत्यसेना समेत भएर एक्कासी सभाभवन भित्र नै भयङ्कर युद्धघोष गर्दै नेपालदेश आफ्नो मनोमानी ढङ्गले बिक्री गर्न पाउनुपर्ने माग राख्दै नेम्वाङमाननीयमाथि अनेक तरहले हमला गर्दा भए । इति श्री भुँडी पुराणे लुट खण्डे नेपाल माहात्म्ये मुनि सम्बादे श्री देशबिध्वंश कथायां प्रचन्डादि दैत्यानां उग्र चरित्र वर्णनं नामः प्रथमोध्यायः

Comments

Popular posts from this blog

घरायसी लिखतको सम्बन्धमा

Example to understand law of compensation.

चुनाव र लक्ष्मणरेखा